Saturday, July 13, 2024

आगलागी मुद्धामा फरार रहेका बम्जन २६ वर्षपछि पक्राउ

सिन्धुली- सिन्धुलीमा आगलागी मुद्धामा कैद भुक्तान नगरि फरार रहेका व्यक्तिलाई प्रहरीले २६ वर्ष पछि पक्राउ गरेको छ । सिन्धुली साबिक क्यानेश्वर ६ हाल हरिहरपुरगढी गाउँपालिका ६ बस्ने ५६ बर्षका डोल्के भन्ने चन्द्रमान बम्जनलाई गत मंगलबार पक्राउ गरेको हो ।

आगलागी मुद्धामा २०५३ भदौ २३ गतेको फैसलाले ४ बर्ष कैद तोकिएकोमा बम्जन कैद भुक्तानी नगरि हालसम्म फरार रहेका थिए । फरार रहेका बम्जनलाई जिल्लाबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी क्यानेश्वर सिन्धुलीबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजकै घर नजिकमा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बम्जनलाई पक्राउ गरि फैसला कार्यान्वयनको लागी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles