Thursday, May 30, 2024

१८ औ विश्व रक्तदाता दिवस को अबसरमा मरिणमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली – १८ औ विश्व रक्तदाता दिवस को अबसरमा नेकपा एमाले पार्टी कार्यालय मरिणको प्राङगणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल, मरिण गाउँ कमिटि सिन्धुली, अनेरास्ववियु क्याम्पस कमिटी, प्राकृतिक श्रोत व्यवस्थापन कलेज कपिलाकोट सिन्धुलीको आयोजनामा भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
प्राबिधिक विद्यार्थी संघ नेपाल सिन्धुलीका अध्यक्ष सुदिप पौडेलको सभापतित्वमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखा र कपिलाकोट उपशाखा तथा आकस्मिक रक्त सन्चार केन्द्र सिन्धुलीको सहयोगमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा १९ जनाले रक्तदान गर्नु भएको थियो ।

spot_img

Hot Topics

Related Articles