सिन्धुली–सिन्धुलीमा स्थानिय मुल्य श्रृङखला विश्लेषण प्रमाणिकरण कार्यशाला सम्पन्न भएको छ । वल्ड भिजनको साझेदारीमा सिड्स नेपाल सिन्धुलीले आयोजना गरेको कार्यशाला आइतबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो । कार्यशालामा तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाका कृषि र भेटेनरिका प्राविधिकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कस्तो किसिमको लहरे तरकारीबाली, बाख्रा र बगुर उत्पादन हुन्छ भन्ने विषयमा छलफल भएको थियो । उत्पादन भएका तरकारी, बाख्रा र बगुँरलाई कहाँ जोड्ने, त्यसको बजारिकरण लगाएत अन्य समस्या साथै समाधानका विषयमा छलफल भएको थियो ।
कार्यक्रपछि तीन पालिकामा ५० वटा उत्पादन समुह गठन हुने छ । उक्त समुहमा एक सहजकर्ता हुने छन् । सहजकर्ताले उत्पादन भएका वस्तु बजारीकरणका लागि सहयोग गर्ने छ । कार्यक्रम पाँच वर्ष सम्म संचालन हुनेछ । स्थानिय स्तरमा उत्पादन भएका बस्तुलाई बजारसँग जोड्नका लागि कार्यक्रमको आयोजना गरिएको सिड्स नेपाल सिन्धुलीका कार्यक्रम व्यवस्थापक नारायण पाण्डेले बताउनुभयो । किसानले उत्पादन गरेका वस्तुको उचित मुल्यका साथ बजारसँग जोड्न गठन भएको समुहले सहयोग गर्ने छ ।