Thursday, May 30, 2024

सुनौलो हजार दिन भित्रका गर्भवति महिलाहरुलाई घ्याङलेख गाउँपालिकाले कुखुरा बितरण गर्ने

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकाले गर्भवति महिलाहरुलाई कुखुरा बितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७८ २०७९ को बार्षिक बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिन भित्रका गर्भवति महिलाहरुलाई कुखुरा बितरण गर्ने लागिएको गाउँपालिकाले आज एक सुचना निकालेर जानकारी दिएको हो ।


कुखुरा बितरण कार्यक्रम वडा नम्बर ५ रामपुर बजार, वडा नम्बर ४ बेलबोट र वडा नम्बर ३ चौकिटारमा यहि जेठ २९ गते संचालन हुने छ ।


यस्तै, गाउँपालिकाको शाखा कार्यालय डुम्रे र वडा नम्बर १ खट्टारमा जेठ ३० संचालन हुने भएकाले गर्भवति जाँच गराउदाँको कार्ड सहित गर्भवति महिलाहरुलाई कार्यक्रममा उपस्थित हुन गाउँपालिकाले सुचना मार्फत सबैलाई आग्रह गरेको छ ।

spot_img

Hot Topics

Related Articles