सिन्धुली – सिन्धुलीमा वन पैदवार हानि नोक्सनी मुद्धामा फरार २ प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कपिलाकोट बाट खटिएको प्रहरी टोलीले मरिण गाउँपालिका ३ बरुण खोलाबाट उनीहरुलाई बिहिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मरिण गाउँपालिका ३ बस्ने ५६ बर्षीय वाङग्याल वाईवा र सोही ठाउँ बस्ने ५९ बर्षीय आईते भन्ने कान्छामान बिश्वकर्मा रहेका छन् ।
देब कुमार घिसिङको जाहेरिले बादि नेपाल सरकार संगको लागत न.६२९ र ६३० मा वन पैदवार हानि नोक्सानि मुद्दामा सिन्धुली जिल्ला अदालतबाट २०७१ चैत ०३ गतेको फैसलाले वाईवा र बिश्वकर्मालाई दस दस दिनको कैद सजाय तोकिएको थियो ।
पक्राउ परेका दुबै प्रतिबादिहरुलाई सिन्धुली अदालतमा फैसला कार्यान्वयनको लागी दाखिला गरि करागार कार्यालय सिन्धुली थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।