Saturday, July 13, 2024

सिन्धुलीमा लागु औषध सहित एक जना पक्राउ

सिन्धुली – सिन्धुली सिन्धुलीमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिनपाटन गाउँपालिका वडा नं. १ ट्याम्केटारका २२ बर्षीय हरि बहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित मुनामदन होटल एण्ड लज को चौथो तल्लामा रहेको १६ नं.कोठामा लागुऔषध कारोबार हुदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली गई खानतलासि गर्दा सोही कोठा बुक गरी बसेका ठकुरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

ठकुरीको साथमा रहेको खैरो रङको साईडमा भिर्ने झोला भित्रबाट निटाजाकियर १० ट्याब्लेट लेखिएको २७० पत्तामा जम्मा २७०० ट्याब्लेट र इएएइ कम्पनिको सिमकार्ड सहितको १ थान मोबाईल फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ परेका ठकुरीलाई सिन्धुली अदालतमा पेश गरी ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको छ ।

spot_img

Hot Topics

Related Articles