Tuesday, April 16, 2024

सिन्धुलीमा लागु औषध सहित २ जना प्रक्राउ

सिन्धुलीमा लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेकोे छ । दुधौली नगरपालिका ९ बस्ने २२ वर्षीय राजु साह र सोही स्थानका २१ बर्षीय प्रशान्त दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी नायव निरीक्षक गोपि बहादुर ब्लोनको कमाण्डको गस्ती टोलीले खिरियानी बाट दुधौली तर्फ पैदल आउँदै गरेका उनीहरुलाईे संका लागी चेकजाँच गर्दा साहको साथबाट नाईट्रोभेट ट्याबलेट २ सय २५ पिस बरामद गरेको थियो ।

बरामद गरेको लागु औषध सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत सिन्धुली बाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles