Tuesday, November 18, 2025

सिन्धुलीमा ब्राउन सुगर सहित १ जना पक्राउ

सिन्धुलीमा ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको वेष्ट बंगाल बनसगारा पोष्ट बस्ने अन्दाजी ४५ बर्षीय नजुर रहमान शेख लाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी टोलिले मरिण गाउँपालिका ७ जयमंगल स्थित मदनभण्डारी राजमार्ग नजिक प्रतिक्षालय छेउमा पहेंलो रंगको झोला सिरानी राखेर शंकाष्पद रुपमा सुतिरहेको अवस्थामा निजलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले नजुर रहमान शेखको झोला खोलेर चेकजाँच गर्दा उक्त झोला भित्र कालो रंगको जिन्सको हाफपाईन्टको गोजि भित्र सेतो रंगको प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको ९.५ ग्राम तौल भएको ब्राउन सुगर फेला पारेको थियो ।

फेला पारेको ब्राउन सुगर सहित निजलाई नियन्त्रणमा लिई जिल्ला अदालत सिन्धुलीमा पेश गरी १० दिनको म्याद थप लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Hot Topics

Related Articles