Thursday, March 27, 2025

सिन्धुलीमा बिभिन्न कार्यक्रम गरि ४९ औ विश्व वातावरण दिवस मनाईयो

सिन्धुलीको मरिण गाउँपालिकाले विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ को ठाटी देखि धमिले सम्म सरसफाई गरिएको हो । यस्तै, १ सय ५० वटा बिभिन्न प्रजातिका फुल, धुपी लगायत अन्य बिरुवा रोपी दिवस मनाईएको वडा नम्बर ६ की वडा अध्यक्ष पन्चमाया थिङ दोर्जेले जानकारी दिनु भयो ।

गाउँपालिकाको सहयोग एंव सहकार्य र ग्याभ्स् सिन्धुली, प्राकृतिक स्रोत व्यवस्थापन कलेज मरिणको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका कर्मचारी लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

यस्तै, दिवसको अवसरमा सिन्धुलीको सिन्धुली विद्याश्रम अंग्रेजी मा.वि.ले जनचेतनामूलक र्याली तथा सरसफाइ कार्यक्रम गरेको छ । विद्यालयले कमलामाई नगरपालिकामा पर्ने बीपी लोकमार्ग अन्तर्गतको वडा नं ४ को हिरापानी देखी वडा नं २ को चियाबारी सम्म जनचेतनामूलक र्यालीका साथमा बीपी लोकमार्गको सरसफाइ गरेको हो ।

सरसफाइका क्रममा एक सय भन्दा बढी गाडीलाई रोकेर गाडीमा अनिवार्य डस्टबीन राख्न, जथाभावी फोहोर नफाल्न अनुरोध गरिएको छ ।

विद्याश्रम अंग्रेजी मावि र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोख्रेल, नेपाल प्रहरी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

दिवसको अवसरमा सिन्धुलीमा रहेको नेपाली सेनास्थित बर्दबहादुर गण परिसरमा वृक्षारोपण गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ७ मा रहेको बर्दबहादुर गणको ठुलीटार ब्यारेक भित्र जिल्ला वन कार्यालय र नेपाली सेनाको सयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।

हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।

spot_img

Hot Topics

Related Articles