Thursday, October 3, 2024

सिन्धुलीको मरिणमा कागति खेति सम्बन्धी किसानहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ५ बडिमुहानमा कागति खेति सम्बन्धी किसानहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


नेकपा माओवादि केन्द्र वडा कमिटि अध्यक्ष तथा ५ नम्बर वडाको वडा अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा माओवादि केन्द्र मरिणका कार्यबाहक अध्यक्ष काजिमान थिङले ब्यवस्था बदलिएकाले अब जनताको अबस्था बदल्न सबैले उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले, किसानले उत्पादन गर्ने र बजारको जिम्मा सरकारले लिने गरि निति कार्यक्रम तर्जुमा गर्न सरकारलाई सुझाब दिनुभयो ।


कार्यक्रममा माओवादि केन्द्र मरिणका सचिवालय सदस्य वडा ईन्चार्ज प्रचार सिंह बोम्जन र सह इन्चार्ज रामशरण बोम्जनले कागति खेति उत्पादन र ब्यवसायीकरणले जनताको जिवनमा परिवर्तन आउने धारणा राख्नु भयो । कार्यक्रममा नेपालि कांग्रेसका विर्शे थोकर र नेकपा एमालेका डिलराम बोम्जनले पनि धारणा राख्नु भयो । कार्यक्रम नेकपा माओवादि केन्द्र ५ नम्बर वडाको आयोजनामा भएको हो ।

spot_img

Hot Topics

Related Articles