सिन्धुली- सिन्धुलीको भिमानमा रहेको स्कलर्स एकाडेमिले यस वर्षको लागि शुक्रबार स्कुल क्याप्टेन र उप क्याप्टेन निर्वाचन गरेर छनोट गरेको छ ।
विद्यालयले आफ्नो विद्यार्थीहरुलाई चुनावको प्रक्रिया बुझाउन चुनावको आयोजना गरिएको हो ।
यस्ता अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुमा नयाँ तथा नौलो ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास विद्यालय परिवारले लिएको छ ।
सो निर्वाचनबाट स्कुल क्याप्टेनमा कक्षा ९ का विद्यार्थी गगन रजन मगर र उप क्याप्टेनमा कक्षा ८ का विद्यार्थी सुगम प्याकुरेल निर्वाचित हुनु भएको छ ।
गगने १५४ मत ल्याउँदा उनको प्रतिद्धन्दी जिनिशा अधिकारीले १२३ मत र सुगमले १६८ मत ल्याउँदा उनका प्रतिद्धन्दीले ११२ मत मात्रै ल्याउन सफल हुनु भयो ।
यसका साथै स्कलर्स एकाडेमि भिमानले पढाईका साथ साथै अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकता दिदै आएको छ ।
निर्वाचित क्याप्टेन र उप क्याप्टेनलाई विद्यालयका प्रिन्सीपलले क्याप्टेन अंकित
ब्याज र अरु मनोनित कक्षा क्याप्टेन र उप क्याप्टेनहरुलाई आ आफ्ना कक्षा शिक्षक शिक्षिकाहरुले ब्याज प्रदान गर्नभयो । निर्वाचित र मनोनित सबै जनाको कार्यअवधी २०७९ चैत्र ३० गते सम्म रहने छ ।