Tuesday, December 16, 2025

सांसद राजन दाहाल द्धारा एकीकृत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकोे भवन शिलान्यास

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १० मा एकीकृत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ ।

बागमती प्रदेशका सांसद राजन दाहालले एक कार्यक्रमका बिच भवनको शिलान्यास गर्नु भएको हो । १३ करोड ९४ लाख लागतमा निमार्ण हुन लागेको समितिको भवन ४ कोठाको हुने छ । यसबाट ९ सय ५० घरधुरीले सेवा पाउँने छन् ।

एकीकृत खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका १० नम्बरको वडा उपसभापति जितेन्द्र माझी, नेकपा एमालेका १० नम्बरको वडा कमिटी सचिव राजन ढुंगेल, टोल कमिटी अध्यक्ष राजेन्द्रलाल माझी, जनसेवा श्रृजना प्रा.वि.का प्रधानाध्यापक बेचु माझी, कार्यापालिका सदस्य भद्रीमाया हायू लगायत अन्य स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles