Wednesday, March 26, 2025

विश्व दूध दिवसको अबसरमा ३० जना विरामीहरुलाई दुध तथा फलफुल वितरण

सिन्धुलीको कमलामाई नगरपालिकाले विश्व दूध दिवसको अबसरमा सिन्धुली अस्पतालका विरामीहरुलाई दुध तथा फलफुल वितरण गरेको छ । “दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन” भन्ने भूल नाराको साथमा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि अस्पतालमा विरामीहरुलाई दुध तथा फलफुल वितरण गरेको हो ।

हरेक वर्ष जुन १ तारिखमा मनाईने विश्व दूध दिवस नेपालमा सन् २०११ देखि मनाउन थालिएको हो । यहि अबसरमा नगरपालिकाले सिन्धुली अस्पतालमा उपचार गराईरहेका ३० जना विरामीहरुलाई दुध तथा फलफुल वितरण गरेको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्नुहुदै, नगरप्रमख उपेन्द्र पोखरेलले सवै बिरामीहरुको शिध्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै, आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने वताउनुभयो ।

यस्तै, उप प्रमुख मञ्जु देवकोटाले स्वास्थ्य नै हाम्रो अमूल्य सम्पत्ति हो र स्वास्थ्य रहन हामी सवैले दैनिक रुपमा दूधको उपभोग गर्नुपर्छ, यसले सवै कृषक र दुग्ध व्यवसायीहरुको व्यवसायमा समेत टेवा पुग्ने वताउनुभएको छ ।

नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली अस्पताल व्यवस्थापन समितका अध्यक्ष प्रलाद कुमार पोखरेल, कमलामाई नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का, वडा नं ६ का वडा अध्यक्ष उज्जवल थापा, दुग्ध सहकारी संस्थाका अध्यक्ष, दुग्ध व्यवसायी, कृषक, कर्मचारीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles