Tuesday, October 8, 2024

नेतृत्व क्षेमता अभिवृद्धि गर्नका लागि विद्यालयमा विद्यार्थीहरु विच आन्तरीक निर्वाचन

सिन्धुली- विद्यार्थीको नेतृत्व क्षेमता अभिवृद्धि गर्नका लागि सिन्धुलीका विद्यालयमा विद्यार्थी विद्यार्थी विच आन्तरीक निर्वाचन गराएर नेतृत्व चयन गर्न थालिएको छ । जिल्लाका बोडिङ स्कुलमा अध्ययनरत विद्यार्थी विच विद्यालयका क्याप्टेन छनौटका लागि मतदानकै पक्रिया थालनी भएको छ ।


यहाँको प्याराडाइज ईङ्गलीस बोडिङ स्कुलले विगत तीन वर्षदेखि विद्यार्थी नेता छान्न मतदान पक्रिया गराउँदै आएको छ ।
विद्यालय तहमै लोकतान्त्रिक पद्धतिमा नेतृत्व छनौटको अभ्यास गराउने र निर्वाचनमा मतदान कसरी गर्ने भन्ने अभ्यास विद्यालय तहबाटै मतदाता शिक्षाको विकास गर्ने उद्धेश्यले विद्यार्थीको नेतृत्व छनौट गर्न विद्यार्थी परिषदको निर्वाचन भएको विद्यालयका प्रिन्सीपल नरेश गौतमले जानकारी दिनुभयो ।


उहाँका अनुसार निर्वाचनमा कक्षा ४ देखि १० सम्मका १८३ जना विद्यार्थीले मतदान पक्रियामा सहभागि भएका थिए ।
स्कुल क्याप्टेन र सहायक क्याष्टिनका लागि भएको निर्वाचनमा ४ जनाले उमेदवारी दिएका थिए । जसमध्ये कुल खसेको मत १८३ मा ११७ मत सहित कक्षा १० मा अध्ययनरत छात्रा अर्चना श्रेष्ठ स्कुल क्याप्टेन निर्वाचीत भएकी छिन् । सहायक क्याप्टेन भने १०९ मत प्राप्त गरि सोहि कक्षाका छात्र दिपेश ठकुरी निर्वाचीत भएको विद्यालयले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles