Monday, October 7, 2024

विकाससँगै रोजगारीको अवसर

उर्मिला भट्टराई , सिन्धुली
सिन्धुलीको मरिण गाउँपालिका ७ बाह्रविशेकि भगबति माझि विहान उठ्ने वित्तिकै काममा जान हतार गर्छिन् । विहान सात नबज्दै उनी घरको सबै काम सकेर नजिकको मदनभण्डारी राजमार्ग सफा गर्न पुग्छीन् । मेलापात गरेर घरखर्च जुटाउने विक अहिले सडक छेउका फोहोर बडाल्ने तथा नाला सफा गर्ने काममा भ्याई नभ्याई छिन् । उक्त काम पाएको उनले एक महिना भयो । उनी विहान सात बजेदेखि साझ ५ बजे सम्म राजमार्गमा काम गर्ने सुनाउँछिन् । “एक महिना भयो यहाँ काम गर्न थालेको, घरनजिकै छ । खाजा खाना पनि घरबाटै ल्याइदिनुहुन्छ । काम पनि धेरै अफठ्यारो छैन ।” उनले भनिन् । राजमार्गमा काम पाएपछि उनलाई दैनिकी चलाउन पनि सहज भएको छ । “मेलापातमा विहान देखि काम गर्दा कम पैसा पाइथ्यो । खेति लगाउने समयमा मात्र काम पाइन्थ्यो । अहिले यहाँ काम पनि सजिलै छ । पैसा पनि राम्रो पाइरहेको छ । कमलामाई नगरपालिका ४ खट्टार सम्मको सडक सफा गर्ने काम छ । अझै केहि समय यहि काम हुन्छ ।” उनले भनिन । मेलापात गरेर दैनिक चार सय रुपैया कमाउने उनी अहिले दैनिक आठ सय कमाउछिन् । भगवतिका दुइ छोरा छन् । छोरालाई पढाउ साथै घरखर्च उनले नै धान्ने छिन् । भगवतिलाई छोराले पनि स्कुल विदाको समयमा सघाउने गर्दछ । “कहिले काहिँ विदाको समयमा छोरा पनि म सँगै काम गर्न यहाँ आउँछ । काम धेरै अफठ्यारो नभएकाले छोराले पनि गर्न सक्छ ।”

कामका लागि विभिन्न ठाउँ पुगेकि मरिण गाउँपालिका ७ बाह्रविशेकि मंगलि माझि पनि घरनजिकै काम पाएपछि खुसि छिन् । “घर छाडेर कामका लागि धेरै सहर पुगे । धेरै थरिका काम पनि गरियो । घर सफा गर्ने देखि लुगा धुने तथा काठमाडौँको एक मन्दिरमा सफा गर्ने काम गरे । आफ्नै ठाउँमा काम पाउने भने पछि अहिले सबै छोडेर यहाँ काम गर्न आएको हुँ ।” उनले भनिन् । एक महिना देखि राजमार्गमा काम गरिरहेकि मंगली अन्य काम भन्दा सजिलो साथै पैसा पनि राम्रो पाएको भन्दै खुसि व्यक्त गर्छिन् ।

मरिण गाउँपालिका ७ कै अनिता माझि पनि राजमार्गमा काम पाएपछि घर खर्च चलाउन सजिलो भएको बताउछिन् । “घर नजिकै पनि छ । खानाको लागि पैसा खर्च हुदैन् । जति कमाएको छ, त्यो सबै बच्छ । बाहिर भयो भने चाहि खाना, बस्नमै कमाएको पैसा खर्च हुन्थ्यो ।” उनले भनिन् । । मरिण गाउँपालिका ७ बाह्रविशेका २५ जना भन्दा बढी महिलालले निर्माणधीन सडकको नाला तथा छेउ सफा गर्ने काम पाएका छन् । कामका लागि घरपरिवार छाडेर सहर गएका स्थानिय गाउँमै काम पाएपछि खुसि भएका छन् । ज्यालामा काम गर्ने मजदुर अहिले आफ्नै ठाउँमा काम गर्न व्यस्त देखिएका छन् । निर्माणधीन सुनकोशीमरिण ड्राभसन साथै मदन भण्डारी राजमार्गमा हजारौँ युवाले काम पाएका छन् ।

spot_img

Hot Topics

Related Articles