Thursday, March 27, 2025

महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सिन्धुलीको कमलामाई नगरपालिकामा महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ६ धुरा बजारमा शनिबार विहान ८ बजे बाट सुरु भएको शिबिर आज सम्पन्न भएको हो ।

शिविरको पहिलो दिन शनिबार ३० देखि ५५ वर्षको उमेर समुहका ४ सय ६० जना महिलाहरुले सेवा लिएका थिए । आज अन्तिम दिन ६ सय १० जना गरि जम्मा १ हजार ७० जना महिलाहरुले सेवा लिएका मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष उज्ज्वल ढकालले बताउँनु भयो ।

शिबिरमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धि देखिएका समस्याहरुको परिक्षण गर्दा भि.आई. ए. ३१ जनामा देखा परेको छ । साथै,२ जनालाई भरतपुर क्यान्सर अस्पताल रिफर गरिएको छ भने १० जनालाई सर्जरीका लागी काठमाडौ रिफर गरिएको अध्यक्ष ढकालले बताउँनु भयो । सहभागी महिलाहरुको स्वास्थ्य परिक्षण महिला प्रजनन् स्वास्थ्यका डा. रितु लामिछाने सहित १० जनाको टिमले गरेका थिए ।

शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श, अप्रेशन सुविधा, स्त्री रोग सम्बन्धी रोगको परीक्षण(पाठेघरको जाँच)का साथसार्थै परामश पनि दिएको छ ।

यस्तै, पाठेघरको मुखको परीक्षण र परामर्श, पाठेघरको मुखको क्यान्सरको पुर्व पहिचान, थर्मोकुगुलेसन, सुगर र प्रेसरकोे जाँच गरिनुका साथै महिला सम्बन्धी सम्पुर्ण रोगको जाँच तथा उपचारको साथमा निशुल्क औषधी बितरण गरिएको छ

सामुदायिक सेवा प्रतिष्ठान सेवा भक्तपुरको प्राविधिक सहयोग, सिड्स नेपाल सिन्धुली, मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वल्र्ड नेभर्सको आयोजनामा र नगरपालिकाको समन्वयमा शिबिर संचालन भएको थियो ।

spot_img

Hot Topics

Related Articles