Thursday, March 27, 2025

मलको पर्खाइमा सिन्धुलीका किसान

सिन्धुली–सिन्धुलीमा रासायनिक मल डिएपीको अभाव भएको छ । रोपाइँ सुरु हुनै लागेपनि किसानहरु रासायनिक मल डिएपीको पर्खाइमा छन् । मलको अभावकै कारण किसानले रोपाइँ गर्न गर्न पाएका छैनन् ।

मल अभावको कारण रोपाइँ गर्न नपाएको कमलामाई नगरपालिका ४ कि मनमायाँ कार्किले बताउनुभयो । रोपाइँ गर्नका लागि विउँ तयारी भएपनि मल अभावको कारण रोपाइँ हुन नसकेको उहाँले गुनासो गर्नुभयो । “खेतमा धानको विउँ तयारी छ । रोपाइँ गर्ने समय पनि भइसकेको छ । पानी पनि प्रयाप्त छ । मल नहुदाँ रोपाइ रोकिएको हो ।” उहाँले भन्नुभयो । तिनपाटन गाउँपालिका ५ का नरबहादुर न्यौपानेको खेतमा विउँ पहेँलै हुन थालिसकेको छ । जेष्ठको अन्तिममा रोपाइ गर्न विउँ तयारी भएपनि मल अभावको कारण रोपाइँ हुनसकेको छैन । “विउँ नै विग्रन लागि सक्यो, जेष्ठ २५ गते रोपाइँको लागि ठिक्क तयारी भएको थियो विउँ, अब कहिले मल आउने, कहिले रोपाइँ गर्ने ।

मलको प्रतिक्षा गरेको एक महिला भन्दा बढी भयो ।” उहाँले भन्नुभयो । “सरकारले गुणस्तरीय रासायनिक मलको व्यवस्था गर्नका लागि प्रत्येक प्रदेशमा एक वटा मल कारखाना खोल्नै पर्छ । स्वदेशमै मलको उत्पादन भए बाह्य क्षेत्रमा मुख ताक्नुपर्ने बाध्यता हट्छ ।” केही दिनअघि मात्रै थोरैमात्रामा अनुदानको डिएपी मल आए पनि त्यो मल सबै किसानले पाउन सकेका छैनन् ।

थोरै किसानले मात्रै मल पाएका छन । रासायनिक मलको आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्टटेडिङ कर्पोरेसन लिमिटेडसँगसमेत मलको मौज्दात छैन । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाईँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका शाखा प्रवक्ता नवराज महत्तका अनुसार जिल्लामा गत फागुन महिना देखि युरिया मलको अभाव भएको हो । “साउन देखि फागुन सम्म जिल्लामा लगभग १७ सय टन युरिया मल भित्रिएको थियो । त्यस पछि जिल्लामा मल आएकै छैन ।

मलको समस्या अहिले राष्ट्रिय समस्याकैरुपमा देखिएको छ ।” उहाँले भन्नुभयो । जिल्लामा यस आर्थिक वर्षमा ६ हजार टन युरिया मल, २५ सय टन डिएपि मल र २५० टन पोटास मल माग गरिएको थियो । प्रवक्ता महत्तका अनुसार कृषि सामाग्री कम्पनी लिमिटेडले जिल्लामा ३ हजार टन युरिया, एक हजार टन डिएपी र १५० टन पोटास मल स्वीकृत दिएपनि जिल्ला आएको छैन । आगामी असारको दोस्रो साता सम्म मल जिल्लामा आइसक्ने उहाँले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles