Tuesday, November 18, 2025

मरिणमा स्थानिय तहको भाषा निति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रम उद्घाटन

सिन्धुली – सिन्धुलीको मरिणमा स्थानिय तहको भाषा निति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रम आजबाट सुरु भएको छ ।
पाँच दिन सम्म सन्चालन हुने स्थानिय तहको भाषा निति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रमको आज मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तानले उद्घाटन गर्नु भएको छ ।


कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान , उपाध्यक्ष विमला माझी,प्रमुख प्रशासकिय अधिकृत ओम कुमार दर्जी, शिक्षा शाखा प्रमुख नबराज बराल, तामाङ भाषा लिपी प्रशिक्षक प्रतिक नेशुर तामाङ लगाएत मरिण गाउँपालिकाको विभिन्न वडाका वडा अध्यक्षहरु ,तालिममा सहभागि मरिण गाउँपालिकाका विद्यालयका प्रधानाध्यापक, शिक्षक लगाएतको उपस्थिति रहेको छ ।
मरिण गाउँपालिका र भाषा आयोग काठमाण्डौँको सहकार्य र नेपाल तामाङ घेदुङ केन्द्रिय कार्यालय काठमाण्डौँको आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तब्य नेपाल तामाङ घेदुङका काजिमान थिङले गर्नु भएको थियो ।

Hot Topics

Related Articles