सिन्धुली- सिन्धुलीको मरिणमा कृषकहरुलाई ६१० वटा विभिन्न थरिका आँपका विरुवा र ७०० वटा लिचि र १०० थान कागतिका विरुवाहरु आज वितरण गरिएको छ ।
मरिण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग मानव तथा राष्ट्रिय समाज हेण्डस नेपालको आयोजनामा सन्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत मरिण गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्मका ९७ जना कृषकहरुलाई वितरण गरिएको हो ।
वितरण गरिएको विरुवाहरु कसरी लगाउने, कति दुरिमा लगाउने भन्ने विषयमा मरिण गाउँपालिकाका कृषि शाखा प्रमुख अर्पण श्रेष्ठले सहजिकरण गर्नु भयो ।
सो अवसरमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले १ विरुवा आँप र १ विरुवा लिचि गाउँपालिकाको कार्यालयमा रोप्नु भएको छ ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष विमला माझि, निमिक्त प्रमुख प्रशासकिय अधिकृत नबराज बराल, सामाजिक शाखा प्रमुख सुेदव के.सि लगाएतको उपस्थिति रहेको थियो ।