Thursday, May 30, 2024

भीरगाउँमा रहेको ज्ञानोदय माविको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ११ स्थित ज्ञानोदय मा।वि भिरगाउँमा निमार्ण गरिएको नयाँ विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमका बिच बागमती प्रदेश सभाका सदस्य बिनोद कुमार खड्काले विद्यालयका प्रधानाध्यापक तारा हरि पोखरेललाई हस्तान्तरण गर्नु भएको हो ।


नेपाल सरकार र एसियाली विकास बैङकको ७ करोड ६१ लाख ७५ हजार ६ सय ५३ रुपैया ६ पैसामा निमार्ण भएको विद्यालय भवनमा १९ कोठा रहेका छन् । जस मध्ये एउटा कोठामा छात्र छात्राका लागी शौचालय बनाईएको छ ।

भवन निमार्ण पछि विद्यार्थी, अभिभावक लगायत विद्यालयका अन्य शिक्षकको मुहार खुसीले छाएको विद्यालयका प्रधानाध्यापक तारा हरि पोखरेलले बताउँनु भयो । अबका दिनमा विद्यार्थीलाई शिक्षा प्रदान गर्न सहज भएको, पहिलाको जस्तो कता पढाउँने भन्ने समस्याको अन्त्य भएको उहाँ बताउँनु हुन्छ ।

कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर थिङ, वडा नम्बर ७ का कर्ण धिसिङ, विद्यालयका शिक्षक, विद्यार्थी लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । भवन बनाउँन २०७५ सालबाट सुरु गरिएको थियो ।

spot_img

Hot Topics

Related Articles