सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बाढी पहिरो तथा डुवानमा अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको छ ।
बाढी तथा डुवानबाट हुने क्षती न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको समुदाय लक्षित कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीको आयोजनामा कार्यक्रम गरिएको हो ।
प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र कुमार ठाकुरको कमाण्डमा कमलामाई नगरपालिका ६ खम्वेचौर स्थित यात्रा गर्ने यात्रु तथा सर्वसाधारणहरुलाई वर्षातको समयमा बाढी पहिरो तथा डुवानमा अपनाउनु पर्ने सवधानी सम्बन्धी पर्चा–पम्पलेट मार्फत सचेत गराईएको प्रहरी बरिष्ठ हवल्दार रविन्द्र कुमार ठाकुरले बताउनुभयो ।
संचार माध्यमहरुबाट प्रशारण हुने मौसम सम्बन्धि पूर्वानुमान सुचना नियमित रुपमा सुन्न, उपयुक्त पूर्व चेतावनी प्रणालीहरुको प्रयोग गर्न, बाडी बाट बच्न सुरक्षित स्थानको पहिचान गर्न, बाढी पसेको ठाँउमा हिड्डुल नगर्न र सवारी नचलाउन लगाएतका सावधानी अपनाउन लेखिएको पर्चा वितरण गर्दै सावधानी अपनाई सुरक्षित रहन जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सबैमा आग्रह गरेको छ ।