Thursday, March 27, 2025

दीर्घकालीन सोच निर्धारण तथा योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सुरु

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा दीर्घकालीन सोच निर्धारण तथा योजना तर्जुमा २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाको अध्यक्षतामा गोष्ठी सुरु भएको हो ।

बागमती प्रदेशको प्रदेश सुशासन केन्द्रको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजना संचालन भएको गोष्ठिमा गाउँपालिकाले निर्माण गर्ने योजना, बजेट, निति तथा कार्यक्रमलाई कसरी दिर्घकालिन बनाउ सकिन्छ भन्ने बिषयमा छलफल हुनेछ ।

आज र भोली २ दिनसम्म संचालन हुने गोष्ठीमा गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङ, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरुको, उपस्थिती रहेको छ ।

spot_img

Hot Topics

Related Articles