Thursday, May 30, 2024

तीनपाटन गाउँपालिकाका माछा पालक किसानहरुलाई खुशिको खबर

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा माछाको भुरा बितरण गर्ने भएको छ । गाउँपालिकाको पशुसेवा शाखाको आर्थिक बर्ष २०७८/ ७९ को गाउँसभाबाट स्र्वीकृत मत्स्य प्रवर्धन कार्यक्रम अन्तर्गत माछा पालक किसानहरुका लागी माछाको भुरा बितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।


माछाको भुरा लिन चाहाने ईच्छुक व्यवसायिक माछा पालक किसानहरुले नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाण पत्रको प्रतिलिपि र सहकारी, समहुको हकमा लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि लिई असार ९ गते भित्र गाउँपालिकाको पशु सेवा शाखा कार्यालयमा आवेदन दर्ता गराउँन गाउँपालिकाले सबै किसानलार्ई सुचना मार्फत अनुरोध गरेको छ ।

spot_img

Hot Topics

Related Articles