सिन्धुली -जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक फरार प्रतिबादीलाई पक्राउँ गरेको छ । सिन्धुलीबाट खटिएको प्रहरी टोलीले प्रहरी प्रभाग काँडाघारी सँग समन्वय गरी जिउ मास्ने बेच्ने मुद्धामा आरोपित प्रतिवादीलाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाइ नगरपालिका ५ हाल कमलामाई ४ सातपत्रे बस्ने ३५ बर्षीय जगत बहादुर योन्जन रहेका छन् । सिन्धुली जिल्ला अदालतको फैसलाले १२ बर्ष कैद सँजाय फेसला भई हाल सम्म फरार रहेका योन्जनलाई खोजतलास गर्दै जाँदा काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका ९ काँडाघारीमा लुकिछिपि बसिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका योन्जनलाई सिन्धुली जिल्ला अदालतमा पेश गरि आज बिहिबार कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।