Thursday, October 3, 2024

घ्याङलेखमा गर्भवति महिलाहरुलाई सितैमा कुखुरा बितरण

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सुनौलो हजार दिन भित्रका गर्भवति महिलाहरुलाई कुखुरा बितरण गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७८ २०७९ को बार्षिक बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत गर्भवति महिलाहरुलाई कुखुरा बितरण गरेको हो ।


गाउँपालिकाले हिजो आईतबार वडा नम्बर ३ तामाजोरमा २८, वडा नम्बर ४ नेत्रकालीमा ४० र वडा नम्बर ५ सान्तेश्वरीमा ३१ जना गर्भवति महिलाहरुलाई लाई एक कार्यक्रमका बिच कुखुरा बितरण गरेको थियो ।

यस्तै, गाउँपालिकाले आज सोमबार वडा नम्बर १ अमलेमा २६ र वडा नम्बर २ बस्तीपुरमा ३५ जना गरि गाउँपालिका भित्रका जम्मा १६० जना सुनौलो हजार दिनका गर्भवती महिलाहरुलाई कुखुरा बितरण गरेको गाउँपालिकाकी पोषण स्वयमसेवक सुमित्रा विश्वकर्माले जानकारी दिनु भयो । गर्भवती महिलाहरुलाई जनही तिन तिन वडा कुखुरा वितरण गरिएको थियो । वडाका गर्भवती तथा सुत्केरी महिलाहरुले सित्तैमा कुखुरा पाएपछि खुशी व्यक्त गरेका छन् ।

गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चा लाई अन्य समयको तुलनामा पोषणको आवश्यकता हुन्छ । यस बेला पोषण सुधारमा ध्यान दिएन भने महिलालाई कुपोषण लगायत अन्य बिभिन्न किसिमका रोगहरुको आक्रमण गर्न सक्छ । महिलाहरुलाई पोषणको अभावमा लाग्ने रोगहरुबाट बचाउँनका लागी कुखुरा बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी वडाका अध्यक्षहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।


spot_img

Hot Topics

Related Articles