सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ५ हिलटप दुग्ध डेरिमा लुगाधुने साबुन बनाउने सिप बिकास तालिम सम्पन्न भएको छ । हिलटप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बाशुदेव घिमिरेको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष शंकर राज बरालको प्रमुख आतिथ्यतामा गत शनिबार १४ गतेबाट सुरु भएको तालिम बिहिबार सम्पन्न भएको हो ।
हिलटप बहुउद्देश्यीय सहकारी सस्थाको आर्थिक सहयोगमा ७ दिन सम्म संचालन गरिने भनिएता पनि २ घण्टा बढी सिकाएर ६ दिनमै तालिम सम्पन्न गरिएको छ । तालिममा सहभागी वडाका २० जना महिला तथा पुरुषलाई साबुन बनाउँने तरिका, सिप सिकेर कसरी आत्मनिर्भर बन्ने बारेमा प्रशिक्षण गराईएको थियो । तालिमको प्रशिक्षण जगदम्बा पन्त लेखकले गर्नु भएको थियो । उहाँले तालिममा हासिल भएका सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आह्वान गर्नुभयो ।
साथै, प्रशिक्षिका पन्तले तालिम पश्चात स्थानीयस्तरमा स्वरोजगार, आयआर्जन, उद्यमशिलको कार्यमा बृद्धि हुने र तालिम बाट सिकेका सिप अन्य व्यक्तिलाई सिकाउँने विश्वास रहेको बताउँनु भयो । यस्तै, वडाका महिला र पुरुषलाई आत्मनिर्भर, आयआर्जन र एउटा कुशल उद्यमी बनाउँने उदेश्यले संचालन भएको तालिम आफूहरुका निम्ति ज्यादै लाभदायी भएको र साबुन बनाउँन कुनै समस्या नआएको प्रशिक्षार्थीहरुले बताएका छन् । गाउँपालिकाका अध्यक्ष बरालले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै व्यवसाय सुरु गर्न शुभकामना समेत दिनु भयो । तालिममा सहभागी महिलाहरुले जम्मा १०० के.जि साबुन बनाएको थिए । जसमा ६० के.जि बेचिएको छ भने बाकी सहभागीलाई उपहार स्वरुप बितरण गरिएको वडा नम्बर ५ का एक स्थानीयले बताए ।
हिलटप बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनामा जेठ १४ गतेदेखि १९ गते सम्म संचालन भएको तालिममा वडा नम्बर ५ का वडा अध्यक्ष बुद्धि बहादुर पाल्पाली, वडा नम्बर ३ का वडा अध्यक्ष पुष्कर राज बराल, स्थानीय बुद्धिजिब लगायत समाजसेवीहरुको उपस्थिति रहेका थियो ।