Tuesday, November 5, 2024

खुर्कोटमा निशुल्क स्वास्थ्य शिबिर संचालन हुने

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा रहेको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा निशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ । काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलको प्राबिधिक सहयोग र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटको आयोजनामा शिबिर हुन लागेको हो ।

भोली सोमबार संचालन हुने शिबिरमा नाक, कान, घाटि तथा आखाँको जाच, दन्त सेवा, मुटु रोगीहरुका लागी ई.सि.जी सेवा, हाडजोर्नी तथा नसा रोग, पेट सम्बन्धी रोगहरु, महिलाहरुको पाठेघर तथा अन्य महिला सम्बन्धी रोगहरुको जाँच गरिने आयोजकले जानकारी दिएको छ ।

साथै, भिडियो एक्सरे सेवा, बालबालिकाको लागी बाल रोग, उच्च रक्तचाप, मधुमेह तथा थाइराईड जाच, मिर्गौला रोगीहरुको लागी विशेषज्ञ सेवा, सामान्य सर्जरी र ईन्डोस्कोपी जस्ता स्वास्थ्य सम्बन्धि निशुल्क सेवा प्रदान गरिने छ ।

यस्तै, एच.बि, सुगर, युरिक ऐसिड, बल्ड ग्रुप, प्रेगनेंसी टेस्ट गरिने भएकाले निशुल्क स्वास्थ्य शिबिरमा सहभागी भई स्वास्थ्य लाभ लिन सामुदायिक अस्पताल खुर्कोटले अनुरोध गर्नु भयो ।

spot_img

Hot Topics

Related Articles