सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई निःशुल्क डाले तथा भुई घाँसहरुको बिरुवा वितरण गरिरहेकोे छ । बहु बर्षीय घाँसको बिरुवा वितरण कार्यक्रम अन्तर्गत कृषकलाई डाले तथा भुई घाँसहरु वितरण गरिएको हो ।
आइतबार देखि कृषकहरुलाई घाँस वितरण गर्न सुरु गरेको नगरपालिकाले हालसम्म २ सय ५ जना कृषकलाई निःशुल्क घाँस वितरण गरिसकेको छ ।
नगरपालिका भित्रका कृषकलाई इपिल, किम्बु, बडहर, सुम्बा, सेटेरिया, सुपर नेपियर, स्मार्ट नेपियर र पासपालम जातका विरुवा वितरण गरिएको हो । कमलामाई नगरपालिकाका पशु सेवा प्राविधिक मिन बहादुर थापाको अनुसार आज सम्म नगरभित्रका कृषकलाई घाँसको बिरुवा बितरण गरिने छ ।