Thursday, May 30, 2024

उद्योग तथा ब्यवसाय दर्ता अभियान सम्बन्धी कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न

उद्योग तथा ब्यवसाय दर्ता अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ । कमलामाई नगरपालिका उद्योग तथा ब्यवसाय प्रबद्र्धन शाखाको आर्थिक वर्ष २०७८-०७९ को बार्षिक स्वीकृत कार्यकक्रम अनुसार कार्यक्रम गरिएको हो ।
कमलामाई नगरपालिका वडा नम्बर २ का अध्यक्ष ईन्द्र वाईबाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उद्योग शाखा प्रमुख , राजश्व उपशाखा प्रमुख, उद्योग शाखाका कर्मचारीहरु ,वडाका दर्ता भएका र नभएका जम्मा ६७ जना उद्यमीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण उद्योग तथा ब्यवसाय प्रबद्र्धन विकास शाखाका कर्मचारी रिता परियारले गर्नुभएको थियो ।

spot_img

Hot Topics

Related Articles