Thursday, October 3, 2024

उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको छु – मेयर उपेन्द्र पोखरेल

सिन्धुली – कमलामाई नगरपालिकाले उत्पादनमुखी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । नगरको उत्पादनमुखी कार्यक्रमले युवालाई रोजगारीसँग जोड्ने विश्वास लिईएको छ । नगरवासी युवा, महिला, बालबालिका तथा लक्षित समुहका लागि आयमूलक कार्यक्रममा जोड्ने पहिलो प्राथमिकता छ ।


सँगै दिर्घकालीन सडक निर्माणका जस्तै नगरपालिकाका सबै सडक कालोपत्रे हुने गरि र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तता दिने योजना छ । सफाखानेपानी, शिक्षा र स्वास्थ्यलाई विषेश जोड दिने , नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गरिने अहिले नगरपालिकामा वितरण भइरहेको धाराको पानी पिउन योग्य नभएको मेयर पोखे्रलको भनाई छ ।
विभिन्न मुहानबाट वितरण भइरहेको धाराको पानी पिउनयोग्य छैन । हाल वितरण गरिएका मुहानको पानीलाई पाँच वर्षभित्रमा यहाँका बासिन्दाले ढुक्कसँग पिउन सक्ने बनाउने आफ्नो योजना रहेको पोख्रेलले बताउनु भयो ।


नगरबासीको आवश्यकताको आधारमा काम गर्ने मेयर पोख्रेलले प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । नगरवासीको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने र आजको विकासलाई होइन दिर्घकालीन विकासलाई जोड दिने विश्वास ब्यक्त गर्नुभयो । विगतमा नगरपालिकाको सबै ठाउँमा सम्मान विकास नभएकाले जनता निराश भएको उहाँले उल्लेख गर्नुभयो ।
साथै उहाँले भन्नुभयो – मेरो कार्यकालमा सम्मानरुपले विकास निर्माणका काम गर्ने छु । बैशाखमा म निर्वाचित भएर नगरपालिका आएसँगै कर छुट गरेको छु । अनुत्पादिक क्षेत्रमा जनताले तिरहेका कर छुट गरिएको छ । सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्राहलय अवलोकनमा ५० प्रतिशत छुट र समाचार संकलनका लागि जाने पत्रकारलाई निशुल्क प्रवेश गर्ने दिने निर्णय गरेको छु ।


आगामी दिनमा नगरवासीको आवश्यकताको साथै मागको आधारमा करको दायरा फराकिलो बनाउँदै लगिने पनि मेयर पोख्रेलले बताउनुु भयो । बढीभन्दा बढी स्रोतको व्यवस्थापन गरेर नगरवासीको चाहना पूरा गर्ने लक्ष्यका साथ अघि बढेको पनि बताउनु भयो ।
नगवासीको त्यति ठूलो चाहना छैन । नगरका सबै सडक कालोपत्रे होस्, सफा होस्, सार्वजनिक स्थानमा शौचालय होस्, शुद्ध खानेपानी धारामा आओस् भन्ने नै रहेको उल्लेख गर्नुभयो । हरेक सडकलाई कालोपत्रे बनाउन तत्काल सम्भव नहोला । भएका सडकलाई सफा बनाउन सकिन्छ, शौचालय बनाउन सकिन्छ । खानेपानीको पनि व्यवस्थापन गर्न सकिन्छ । घरेलु उद्योग, मझौला उद्योग, आफैले उत्पादन गरेका वस्तुहरूको बजारीकरणको थलो हुनेछन् । नगरबासीलाई उद्यमशील र स्वावलम्बन बनाउने सोच अगाडि सारिसकेको पनि बताउनुभयो ।


बेरोजगारीको तथ्यांक लिने र कहाँ कसरी दक्ष जनशक्ति बनाउने भनेर कामहरू गरिने र नगरवासीलाई दक्ष बनाएर रोजगारीमा आबद्ध हुने वातावरण बनाउन लाग्ने बताउनुभयो । नगर कृषिको उर्वर भूमि भएकाले तरकारी खेती, पशुपालन, पोल्ट्री फार्म, केराखेती, माछापालनजस्ता क्षेत्रलाई प्रवद्र्धन गर्ने उल्लेख गर्नुभयो । कृषिमा किसानलाई प्रोत्साहन गर्ने नीति तथा बजेटहरू बनाएका छौँ । कृषिमा युवाहरूलाई व्यावसायिक रूपमा लाग्ने बनाउन ब्याज अनुदानका कार्यक्रम, विदेशको सीप, स्वदेशमा लगानीजस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रष्ट पार्नुभयो । साथै उहाँले स्पष्ट कार्यविधि बनाएर रोजगारी सिर्जना गर्न लाग्ने पनि विश्वास दिनुभयो ।


निर्वाचनका बेला जाँदा बेरोजगारीको ठूलो समस्या देखिएको छ । बेरोजगारी घटाउनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने टड्कारो आवश्यकता महसुस गरेको उल्लेख गर्नुभयो ।
अब तीनै तहका सरकारले यसलाई योजनाबद्ध ढंगबाट काम गर्नुपर्ने र विगतमा सञ्चालन गरिएका प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमलाई अझै प्रभावकारी र युवाहरूलाई लाभ हुने गरी सोच्नुपर्ने आवश्यकत रहेको औल्याउनु भयो ।

spot_img

Hot Topics

Related Articles