Thursday, May 30, 2024

आठौ चुरे दिवसको अवसरमा हरिहरपुरगढी गाउँपालिकामा वृक्षारोपण

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आँठौ चुरे दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । महादेव वन उपभोक्त समुह हरिहरपुरगढी गाउँपालिका ४ र ५ को आयोजनामा बिहिबार वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय मरिण र झ्याडी सब डिभिजन हरिहरपुरको आर्थिक तथा प्राबिधिक सहयोगमा ६ जाति भन्दा बढीका ७०० बिरुवाहरु गाउँपालिकाको ४ र ५ को क्षेत्र मदन भण्डारी राजमार्ग दायाँबायाँ रोपीएको गाउँपालिकाले जनाएको छ । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पान्डेले रुद्राक्षको बिरुवा रोपी कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे । गाउँपालिकाको बाह्राबिसे, बेल्पुर, सिमलपुर लगायत अन्य स्थानको बाताबरणलाई हराभरा र स्वच्छ बनाउने उदेश्यका साथ बृक्षारोपण कार्यक्रम संचालन गरिएको स्थानीय बुद्धिजिबि बिल बहादुर बम्जनले जानकारी दिनु भयो ।

वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन), हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वाज वाईबा, पुर्व स्वास्थ्य मन्त्री प्रदीप कटुवाल लगायत स्थानीय बासीन्दाहरुको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles