Wednesday, October 15, 2025

मतदाता भेटघाट तथा समस्या पहिचान र समाधान कार्यक्रम सम्पन्न

मतदाता भेटघाट तथा समस्या पहिचान र समाधान कार्यक्रम सम्पन्न भएको छ । आज कमलामाई नगरपालिका वडा नम्बर ६ रातमाटा प्लानिङमा रातमाटा प्लानिङ टोल विकास संस्थाको आयोजनामा भएको हो ।


कार्यक्रममा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि नेकपा एमालेका मेयर पदका उमेदवार महेन्द्र देब श्रेष्ठले जनताले साशक नभई सेवक खोजेकाले सेवक हुन आवश्यक रहेको औल्याउनु भयो । नगरबासीले खोजेको र चाहेको सबैको साझा नगरपालिका बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । मुलुकमा अझै पनि गरिवी रहेकाले गरिविको अन्त्य गर्ने भनाई श्रेष्ठले राख्नु भयो ।


साथै, उहाँले एमालेका कार्यकता सबै ईमान्दार रहेकाले ठुक्क भएर विश्वास गर्न पनि सल्लाह दिनुभयो । सहरी विकासका लागि खानेपानी पहिलो प्राथमिकता रहेकाले नगरका सबै वडामा खानेपानीको उचित ब्यवस्था मिलाउने श्रेष्ठले बताउनु भयो ।
कमलामाई नगरपालिकका उप प्रमुख तथा बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा उप मेयर पदका लागि उमेदवारी दिनुभएका मन्जु देवकोटाले पाँच बर्षको कार्यकालमा गरेका कामबाट धेरै कुराहरुको अनुभव भएकोले आगामि दिनहरुमा काम गर्न अझ सहज हुने भनाई । कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ६ का एमालेका वडा अध्यक्ष पदका उमेदवार दिनेश कुमार दाहाल लगाएत सदस्यहरुले मन्तब्य राखेका थिए ।

Hot Topics

Related Articles