Thursday, May 30, 2024

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा माओवादीका वाईबा निर्वाचित

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका बज्रध्वज वाईबा निर्वाचित हुनुभएको छ । वाइबालै ४ हजार ७ सय २९ मत प्राप्त गरि पालिकाको अध्यक्षमा निबार्चित हुन भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर वाइबाले ३ हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै,गठबन्धन बाटै उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङले ५ हजार ७ सय ३ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी उपाध्यक्ष पदकी उम्मेदवार निर्मला ठाडामगरले २ हजार ८ सय ५५ मत प्राप्त गर्नु भएको छ ।

गाउँपालिकाको ८ वटा वडा मध्ये वडा नं १ मा एमाले, वडा नं २ मा कांग्रेसका वडाध्यक्षसहित प्यानलै निर्वाचित भएको छन् भने बाँकी ३, ४, ५,६,७ र ८ वडाहरुमा माओवादी केन्द्रले बिजयी हासिल गरेको छ ।

spot_img

Hot Topics

Related Articles