Thursday, April 18, 2024

सिन्धुपाल्चोकमा घरमा एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गयो, चालक फरार

काठमाण्डाै – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ को दुई किलोमा गएराति एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गएको छ ।

गएराति ८ बजेतिर बा २० च ६३२७ नम्बरको एम्बुलेन्स घरमा पल्टिँदा त्यही घरमा सुतिरहेकी ७५ वर्षकी मनमाया खड्काको ज्यान गएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बाह्रबिसेमा ज्यान गएको हो ।  एम्बुलेन्सका चालक भागेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोबाट साभार

spot_img

Hot Topics

Related Articles