Thursday, April 18, 2024

‘लण्डन टु पेरिस’मा गरिमा शर्मा अनुबन्धित

फिल्म ‘लन्डन टु पेरिस’मा मोडेल गरिमा शर्मा अनुबन्धित भएकी छन् । एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने फिल्म टिम र गरीमाको केही समय अघि लिखित सम्झौता भएको हो l घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने यस फिल्म गरीमाको डेव्यु फिल्म हो । हाल फिल्मको कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । फिल्मको मुख्य नायिकाको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह रहेकी छन् l फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । असारको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा मुख्य अभिनेता समेत फाइनल भैसकेका छन्

spot_img

Hot Topics

Related Articles