Thursday, October 3, 2024

मरिणमा ४ वटा बिद्यालयलाई आई.टि सामाग्री हस्तान्तरण

सिन्धुलीको मरिण गाउँपालिकामा रहेको ४ वटा बिद्यालयलाई आई.टि सामाग्री हस्तान्तरण गरिएको छ । बिद्यालयहरुमा स्टीममा आधारित कक्षा कोठा प्रवद्र्धनका लागी आई.टि सामाग्री हस्तान्तरण गरिएको हो ।

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा र ह्याण्डस नेपालको साझेदारीमा गाउँपालिकामा रहेको माध्यमिक बिद्यालय सिन्दुरे, आधारभुत बिद्यालय खलङगा, ठाकुरेश्वर आधारभुत बिद्यालय वेतपानी र जनकल्याण आधारभुत बिद्यालय बारबिसे गरि ४ बटा बिद्यालयलाई ल्यापटप, टिभि, प्रोजेक्टर, हार्डडिक्स र प्रिन्टर बितरण गरिएको हो ।

बिद्यार्थीलाई प्रबिधिसँग जोड्ने, गणस्तरीय शिक्षा प्रदान गर्ने र बालबालिकाहरुको शैक्षिकस्तर सुनिश्चित गर्नका लागि विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सामाग्री बितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिर्मश मोक्तान, उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, बिद्यालयका शिक्षक लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles