Thursday, April 18, 2024

फिक्कल गाउँपालिकाको अध्यक्षमा एमालेकी सुनुवार ४ हजार ६२ मत ल्याएर विजयी

सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई हराउँद नेकपा एमालेकी पार्वती सुनुवार बिजयी भएकी छिन् । सुनुवारले ४ हजार ६२ मत ल्याएर विजयी भएकी हुन् । उहाँको निकटतम प्रतिद्धन्दी गठबन्धनबाट नेपाली काग्रेसका नृप बहादुर भुजेलले ४ हजार १७ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा राजु बरालले ४ हजार २ सय ५६ मत ल्याएर विजयी भएका छन् भने उहाँको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका लोकेन्द्र बहादुर कार्कीले ३ हजार ४ सय २६ मत ल्याएका छन् ।
फिक्कल गाउँपालिकामा जम्मा ६ वटा वडा रहेको छ । जहाँ वडा नं. १ मा माओवादी केन्द्रका होम बहादुर सुनुवार, वडा नं. २ मा एमालेका शंकर बहादुर भण्डारी, वडा नं. ३ मा एमालेकै टेक बहादुर रजन मगर, वडा नं. ४ मा नेपाली काग्रेसका मोहन बहादुर सिजाली मगर, वडा नं. ५ मा एमालेका बैकुण्ठलाल पहाडी र वडा नं. ६ मा एमालेकै कुलेन्द्र मगर वडाअध्यक्षमा विजयी भएका छन् ।

spot_img

Hot Topics

Related Articles