Thursday, April 18, 2024

पूर्व डीआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

काठमाण्डाै – सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला पक्राउ पर्नुभएकाे छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालालाई बानेश्वरको एउटा घरमा लुकिरहेको अवस्थामा आज शुक्रवरा पक्राउ गरेको  कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।  

सर्वोच्च अदालतले हिजो आफ्नै फैसला उल्टाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेपछि उहाँ फरार हुनुहुन्थ्याे । 

यसअघि २०७७ सालको असारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको संयुक्त इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर साढे आठ वर्षको हुने फैसला गरेको थियो । त्यसपछि कोइराला रिहा भइसकेका थिए । त्याे फैसलाको विरुद्धमा मृतक गीता ढकालका बुबाले निवेदन दिनुभएको थियो ।

कोइरालाले २०६८ सालमा श्रीमतीको हत्या गरेर बोरामा पोको पारेर मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर पेट्रोल छर्केर जलाएको अनुसन्धानबाट पुष्टि भएको थियो । तर कोइरालाले रिसको आवेगमा धकेल्दा श्रीमतीको हत्या भएको बयान दिएको भन्दै तत्कालीन प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय घटाउने फैसला गरेको थियो ।  

साभार – उज्यालो

spot_img

Hot Topics

Related Articles