Tuesday, April 16, 2024

नगरपालिकामा विकासका सबै योजना पुर्याउने मेयर पदका उमेदवार श्रेष्ठको भनाई

सिन्धुली – कमलामाई नगरपालिकामा विकासका सबै योजना पुर्याउने नेकपा एमालेका मेयर पदका उमेदवार महेन्द्र देब श्रेष्ठले बताउनु भएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न कमलामाई नगरपालिका वडा नम्बर १४ पुग्नु भएका श्रेष्ठले यस्तो बताउनु भएको हो ।
जनताले सोचेको र चाहेको जस्तो नगर बनाउने सपना लिएर अगाडि बढेकाले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा ढुक्क भएर सुर्य चिन्हमा मतदान गर्न श्रेष्ठले आग्रह गर्नुभयो ।
गाउँ देखि सहर सम्म जनता माझ पुग्ने र विकास गर्ने पार्टि एमाले भएकाले यो स्थानिय निर्वाचनमा एमालेलाई अत्याधिक मतले विजय गराउन सल्लाह दिनुभयो ।
कमलामाई नगरपालिका वडा नम्बर १४ का सबै मतदाताहरुको घर घर पुगर श्रेष्ठले सबैलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।

spot_img

Hot Topics

Related Articles