Monday, April 22, 2024

तीनपाटन गाउँपालिकाको अध्यक्षमा काँग्रेसका थापा मगर बिजयी

सिन्धुली तीनपाटन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका कर्ण बहादुर थापा मगर बिजयी हुनु भएको छ । मगरले ९ हजार २ सय ३९ मत प्राप्त गरि अध्यक्षमा बिजयी हुन भएको हो । मगरका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार छत्र बहादुर दाहालले ८ हजार ४२ मत प्राप्त गरि मगरसँग पराजित हुन भएको छ ।
त्यस्तै, गठबन्धन बाटै उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उमेद्धार धन बहादुर पुलामी ८ हजार ३ सय ९९ मतले बिजयी हुनु भएको छ । उहाँको प्रतिद्धन्द्धी नेकपा एमाले पदकी उम्म०दवार पदम माया तामाङ ७ हजार ९ सय ८ मत ल्याई पुलामीसँग पराजित हुनु भएको छ ।
तीनपाटन गाउँपालिकाको ११ वडा मध्ये २,३,४,६,७,८,९,१० र वडा नम्बर ११ मा नेपाली काँग्रेस र १ र ५ नम्वर वडामा नेकपा एमाले जित हासिल गरेको छ ।

spot_img

Hot Topics

Related Articles