Friday, April 25, 2025

चुनावमा निराशाजनक परिणाम आएकाे भन्दै रविन्द्र मिश्रद्वारा अध्यक्ष पदबाट राजीनामा

काठमाण्डाै – विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएकाे छ । पालिका चुनाव २०७९ मा साेचेअनुसार परिणाम ल्याउन नसकेकाे भन्दै आफूले राजीनामा दिएकाे उहाँले बताउनुभएकाे छ । 

मिश्रले आफ्नाे फेसबुक पेजमा स्टाटस शेयर गर्दै यसबारे जानकारी गराउनुभएकाे हाे । 

‘हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छु’ उहाँले लेख्नुभएकाे छ, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’

उहाँले आफू पार्टीकाे साधारण सदस्य भने रहिरहने बताउनुभएकाे छ ।

spot_img

Hot Topics

Related Articles