Thursday, April 18, 2024

गोलन्जोर ५ मा लुगाधुने ,साबुन बनाउने सिप बिकास तालिमको उद्घाटन

 सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ५ हिलटप दुग्ध डेरिमा लुगाधुने साबुन बनाउने सिप बिकास तालिमको उद्घाटन गरिएको छ। हिलटप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बाशुदेव घिमिरेको अध्यक्षतामा  शनिबार तालिमको उद्धघाटन गरिएको हो । 

हिलटप बहुउद्देश्यीय सहकारी सस्थाको आर्थिक सहयोगमा ७ दिन सम्म संचालन हुने तालिमको प्रशिक्षण जगदम्बा पन्त लेखकले गर्नु हुनेछ । तालिममा सहभागी वडाका महिला र पुरुषलाई आज सिप सिकेर कसरी आत्मनिर्भर बन्ने, एउटा कुशल उद्यमी बन्न के गर्ने भनेर जानकारी गरार्ईएको छ भने भोलीबाट साबुन बनाउँने तरिका सिकाईने छ ।
 प्रशिक्षिका जगदम्बा पन्त लेखकका अनुसार स्थानीयलाई आत्मनिर्भर, आयआर्जन र उद्यमशिल बनाउँने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

तालिम पश्चात स्थानीयस्तरमा स्वरोजगार, आयआर्जन उद्यमशिलको कार्यमा बृद्धि हुने विश्वास लिइएको छ ।
। हिलटप बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनामा संचालन भएको तालिममा वडाका २० जना महिला तथा पुरुषको सहभागीता रहेका छ ।

जेठ १४ गतेदेखि २०गते सम्म संचालन हुने तालिममा स्थानीय बुद्धिजिबी, समाजसेवीहरुको उपस्थिति रहेको छ । 

रेडियो सिन्धुलीगढिबाट साभार

spot_img

Hot Topics

Related Articles