Thursday, January 23, 2025

काठमाण्डौसहित देशका केही ठाउँको मौसम बद्ली : हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम अहिले बद्ली भएको छ ।

मौसम बद्ली भएका ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले गण्डकी प्रदेशको गोरखा र तनहुँ आसपासका क्षेत्रमा पानी परिरहेको छ ।

आज प्रदेश-१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्का पानी पर्ने र हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केहीबेर हावा चले पनि सामान्य भन्दा अलि बढी नै चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

मौसमविद् निराजन सापकोटाका अनुसार अरु प्रदेशमा आज मौसम आंशिक बद्ली रहनेछ । अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश बिहार आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । भोलि र पर्सि पनि मौसम यस्तै रहने अनुमान छ ।  उज्यालो अनलाईनबाट साभार

spot_img

Hot Topics

Related Articles