Thursday, April 18, 2024

कमलामाई नगरको १३ नम्बर वार्डको मतगणना गर्ने क्रममा विवाद, मत गणना रोकियो

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाको मतगणना स्थगित भएको छ । कमलामाई नगरको १३ नम्बर वार्डको मतगणना गर्ने क्रममा विवाद देखिएको हो । मुचुल्कामा उल्लेख भए भन्दा चार मत बढि मतपेटिकामा भेटिएपछि मतगणना स्थगित गरिएको छ । हालसम्म कमलामाई नगरको मेयरमा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उपेन्द्र पोखरेलले अग्रता कायम राख्नुभएको छ । एमालेका उम्मेदवार महेन्द्र देव श्रेष्ठ भन्दा पाखरेल एक हजार ७३१ मतले अघि हुनुहुन्छ । पोखरेलले १२ हजार ५३९ मत पाउनुभएको छ भने श्रेष्ठको १० हजार ८०८ मत रहेको छ । कमलामाई नगरपालिका अन्तर्गत वार्ड नम्बर १२ को मतगणना हुदैँछ भने १३ र १४ को मत गन्न शुरु गरिएको थियो ।

सिन्धुलीमा कमलामाई नगरपालिकाको बाहेक सबै पालिकाको मतगणना भइसकेको छ । ९ वटा स्थानिय तहमध्ये माओवादी केन्द्रले ४ स्थानिय तहको प्रमुखमा जित हासिल गरेको छ भने नेकपा एमाले र नेकपा कांग्रेसले २÷२ स्थानिय तहको प्रमुखमा जितेको छ ।

spot_img

Hot Topics

Related Articles