Thursday, March 27, 2025

‘कबड्डी ४’ को क्लिप टिकटक र फेसबुकमा छ्यापछ्याप्ती

 ‘कबड्डी ४’ फिल्मको क्लिप टिकटक, फेसबुक,युट्युबमा छ्यापछ्याप्ती देखिएपछि निर्माण टिमले हल भित्र यी कार्य गर्न नदिन हल सञ्चालकहरूलाई आग्रह गरेको छ l यी कार्यले तनावमा परेका निर्माण टिमले नेपाल चलचित्र संघलाई ध्यानाकर्षण गराएको छ । सरोकारवालाहरूको स्वीकृति नलिई फिल्मको प्रतिलिपि अधिकार ऐन विपरीत कार्य गरेमा कानुनी कारबाही हुने पनि जनाइएको छ l

निर्देशक निश्चल बस्नेतले पनि टिकटकमा क्लिप बनाउँदै हाल्यो भने अरू हेर्न पर्खिरहेका दर्शकको मजा खराब गर्नु सञ्जाल मार्फत स्ट्याटस लेखेका छन् l उनले फेसबुकमा लेखेका छन्,‘अनुरोध…चलचित्रलाई माया गर्नु भनेको मनपरेको चलचित्र हेर्न टिकट काटेर हलसम्म पुगेर मस्त मजा लिनु हो।टिकटकमा क्लिप बनाउँदै हाल्नुभयो भने अरू हेर्न पर्खिरहेका दर्शकको मजा खराब गर्नु हो र कबड्डीका निर्मातालाई घाटा तिर धकेल्नु हो । यति त बुझिदिनुपर्‍यो दर्शकहरूले । कसैले खिचेको देखे त्यसो नगर्न भनि दिन हुन अनुरोध । हल संचालकहरले पनि याद गर्नु पर्‍यो हजुर ।।। सुरुमा लेखेको DISCLAIMER ले मात्र पुगेन ।’

सिने पाटि अनलाईनबाट साभार

spot_img

Hot Topics

Related Articles