Thursday, May 30, 2024

जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्धारा बाल विवाह नियन्त्रण

समिर श्रेष्ठ

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बाल विवाह नियन्त्रणमा लिएको छ । जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बलेनी स्थित महादेव मन्दिरमा गत आईतबार भएको बाल विवाह प्रहरीले नियन्त्रणमा लिएको हो ।

विवाह गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बस्ने देवलाल सार्कीको २७ वर्षीय छोरा हिरा बहादुर सार्की र वडा नम्बर ७ डाडाकटेरी बस्ने आईते सार्कीको १७ वर्षीय छोरी टिका देवी सार्की बिच भएको थियो । बाल विवाह भईरहेको खवर पाउन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटाईएको थियो ।

खटिएका टोलीले विवाह गरी मन्दिर बाट करिव ५ सय मिटर अगाडी तर्फ जादैँ गर्दा बेहुली र बेहुलालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको बेहुलीलाई सामान्य सोधपुछ पछि आफन्तको जिम्मा लगाईएको छ भने बेहुलालाई जिल्ला अदालत मार्फत पाँच दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles