Saturday, December 14, 2024

मरिणमा २ दिने शिक्षा क्षेत्रको भैपरी योजना कार्यक्रम सुरु

सिन्धुलीको मरिण गाउँपालिकामा २ दिने शिक्षा क्षेत्रको भैपरी योजना तर्जुमा कार्यशाला कार्यक्रम सुरु भएको छ । हाम्रो विद्यालय राम्रो बिद्यालय बालिकामैत्री, समाबेसी तथा सुरक्षित विद्यालय भन्ने मुल नारा साथमा संचालन भएको कार्यक्रम सोमबार र मंगलबार गरि २ दिन संचालन हुने छ ।
कार्यक्रमा कोभिड १९ माहामारी र भुकम्पको समयमा विद्यार्थीहरुको पठनपाठनमा परेको असर र आगामी दिन हरुमा आइपर्ने बिपद के कस्ता हुन सक्छन् त्यस्ता बिपद्बाट बच्नका लागी पुर्व तयारीको योजना, बिपद्को समयमा विद्यालय कसरी सन्चालन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ ।
यस्तै, विपद्का समयमा आफुसङ भएका स्रोतसाधनको पहिचान गर्ने र आवश्यक पुर्ब तयारी र प्रकोप पश्चात प्रतिकार कसरी गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल गरिएको छ ।

गाउपालिका र हेन्ड्स नेपालको आयोजना, प्लान इन्टरनेश्नल नेपालको सहयोगमा संचालन भएको कार्यक्रममा गाउपालिकाका शिक्षा शाखा प्रमुख नबराज बरालको अध्यक्षता रहेको छ भने गाउपालिका भित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, ब्यबस्थापन समितिका सदस्य लगायत विभिन्न संङघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

spot_img

Hot Topics

Related Articles