Thursday, November 14, 2024

मरिणमा शिक्षा क्षेत्रको भैपरी योजना कार्यक्रम सम्पन्न

सिन्धुलीको मरिण गाउँपालिकामा २ दिने शिक्षा क्षेत्रको भैपरी योजना कार्यक्रम सम्पन्न भएको छ । हाम्रो विद्यालय राम्रो बिद्यालय बालिकामैत्री, समाबेसी तथा सुरक्षित विद्यालय भन्ने मुल नारा साथमा संचालन भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

२ दिन सम्म संचालन भएको कार्यक्रमा कोभिड १९ माहामारी र भुकम्पको समयमा विद्यार्थीहरुको पठनपाठनमा परेको असर, बिपद्को समयमा विद्यार्थीलाई कसरी शिक्षा दिने र आगामी दिनमा आइपर्ने बिपद के कस्ता हुन सक्छन्, त्यस्ता बिपद्बाट बच्नका लागी के गर्न सकिन्छ भनेर पुर्व योजना, बिपद्को समयमा विद्यालय कसरी सन्चालन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ ।

यस्तै, विपद्का समयमा आफुसंग भएका स्रोतसाधनको पहिचान गरि सही सदुपयोग गर्ने, आवश्यक पुर्ब तयारी गर्ने र कसरी प्रकोप पश्चात प्रतिकार गर्न सकिन्छ र गाउँपालिका भित्र रहेको ४८ वटा सामुदायिक विद्यालय, ४ वटा संस्थागत विद्यालय र २ वटा क्याम्पसमा के को जोखिम छ ती जोखिमको पहिचान गरि त्यस्ता जोखिमबाट बच्न के गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नबराज बरालले जानकारी दिनु भयो ।

गाउपालिका र हेन्ड्स नेपालको आयोजना, प्लान इन्टरनेश्नल नेपालको सहयोगमा संचालन भएको कार्यक्रममा गाउपालिकाका शिक्षा शाखा प्रमुख नबराज बरालको अध्यक्षता रहेको थियो ।

यस्तै, कार्यक्रममा गाउपालिका भित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, ब्यबस्थापन समितिका सदस्य, शिक्षा समितिका पदाधिकारी, विपद् समितिका पदाधिकिारी लगायत विभिन्न संङघसस्थाका प्रतिनिधि गरि जम्मा २५ जनाको सहभागीता रहेको थियो ।

spot_img

Hot Topics

Related Articles