Tuesday, April 16, 2024

मरिणमा बालबालिबालाई टाइफाईड रोग बिरुद्धको खोप लगाईने

सिन्धुलीको मरिण गाउँपालिकामा वडा नम्बर ५ का बालबालिकालाई टाईफाईड रोग बिरुद्धको खोप लगाईने भएको छ । १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालार्ई खोप लगाईने गाउँपालिकाको स्वास्थ्य शाखाले बुधबार एक सुचना निकालेर जानकारी दिएको हो ।

खोप चैत २७ गते जन सहभागिता नि.मा.वि. पिउरी दोभान, २८ गते प्रा.वि. चुरेमाता अम्बास, २९ गते प्रा.वि. पञ्चकन्याका खन्जनी, ३० गते प्रा.वि बेतनीमा, बैशाख २ गते तल्लो खन्जनी नि.मा.वि.घाट र ४ गते स्वास्थ्य चौकी भवन बडिमुहानबाट खोप लिन लगाउन सकिने सुचनामा उल्लेख गरिएको छ ।

यस्तै, वडा नम्बर ३ का बालबालिकालाई पनि खोप लगाईने भएको छ । उक्त खोप चैत २७ गते श्री मा.वि. नक्कली र श्री मा.वि. बरुण, २८ गते श्री आ.वि. चनौटे र श्री मा.वि. बरुण, २९ गते श्री आ.वि. मथौली र श्री प्राड.गो साकाज बरुण, ३० गते श्री आयूरवेद भवन भालुमारा र श्री आ.वि शिरटोल, बैशाख २ गते श्री सामुदायिक ईकाई बरुण र ४ गते स्वास्थ्य चौकी कल्पवृक्षमा दिईने भएको छ ।

खोप विहान १० बजेदेखि दिउँसो ४ वजेसम्म लगाईने प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

spot_img

Hot Topics

Related Articles