सिन्धुलीको मरिण गाउँपालिकामा टाईफाईड खोप अभियान तथा नियमित खोपको सुरुवात सम्बन्धी उद्घाटन गरिएको छ । आईतबार जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा गरिएको कार्यक्रममा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले गाउँपालिकाको स्वास्थ्य कर्मीहरुलाई भ्याक्सीन क्यारियर हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।
खोप अभियान मरिण गाउँपालिका लगाएत सिन्धुलीको हरिहरपुरगढी, तिनपाटन, घ्याङ्लेख गाउँपालिकामा आज आईतबार बाट बैशाख ३ गते सम्म संचालन हुने छ ।
यस्तै, सुनकोशी, फिक्कल, गोलन्जोर गाउँपालिकामा बैशाख ५ गते देखि १० गतेसम्म, कमलामाई नगरपालिकामा बैशाख ६ गते देखि ११ गते सम्म र दुधौली नगरपालिकामा बैशाख १२ गते देखि १७ गते सम्म संचालन हुने छ ।
खोप अभियानमा एक जना स्वास्थ्य कर्मी बराबर एकजना महिला शिक्षिका अनिवार्य हुने छ । जिल्लामा ९७ हजार ९६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । खोप लगाउने ५ सय २८ केन्द्र रहेको छ भने खोप सेसन ८ सय ९७, खोप दिने स्वास्थ्यकर्मी ९ सय १७ र स्यंमसेवक १ हजार ८ सय ३४ जना हुने भएको छ ।
कार्यक्रममा बोल्नु हुदै, प्रमुख जिल्ला अधिकारी न्यौपानले पैसा तिरेर लगाउँने गरिएको खोप अहिले सरकारले सर्वसाधरणलाई निशुल्क उपलब्ध गराएको बताउँनु भयो । यस्तै, स्वास्थ्य कार्र्यलय प्रमुख राजन प्रसाद पोखरेलले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।
स्वास्थ्य कार्र्यलय प्रमुख राजन प्रसाद पोखरेलको अध्यक्षता, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कपिलाकोट मा.वि.का प्रधानाध्यापक मेघनाथ सिँह, विद्यालयका शिक्षक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।